ललिता निवास प्रकरण: समरजंग कम्पनीका सहायक लेखापाल पक्राउ



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । हिजो भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका थिए ।

बालुवाटारस्थित ललिता निवास रहेको १४३ रोपनी सरकारी जग्गा विभिन्न सरकारी कर्मचारीदेखि नेता र व्यापारीले पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रहरीको आरोप छ ।


क्लिकमान्डु