प्रचण्डसहित दुई छोरीले दिए सीतालाई दागबत्ती



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर शुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

बुधबार अपराह्न पशुपति आर्यघाटमा पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्डसहित छोरीहरु रेणु र गंगा दाहालले दागबत्ती दिएका हुन्।

त्यसअघि नेपाली सेनाको टुकडीले सलामी दिएको थियो भने पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइएको थियो ।

अन्त्यष्टीमा मन्त्रीहरु विभिन्न दलका शीर्ष नेताहरु, पूर्वप्रधानमन्त्रीहरु, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायत उपस्थित थिए भने सर्वसाधारणको बाक्लो उपस्थति थियो ।

सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत थिइन् ।


क्लिकमान्डु