कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ सर्वसाधारणका लागि निष्कासन




काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँको १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन गरेको हो ।

जसमा १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६ हजार ९३ कित्ता सामूहिक लगानी कोष र २ हजार ४३७ कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएर बाँकी रहेको १ लाख १ हजार १५१ सय कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा असार २९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु