बल्छी ध्रुवेसहितका कलाकारमाथि ६५ करोड बिगो दाबीसहित मुद्दा दर्ता



काठमाडौं । सट्टेबाज गर्ने वेबसाइट प्रचार गरेको अभियोगमा पक्राउ परेका बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठसहितका कलाकारहरुविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार श्रेष्ठसहित राजु पौडेल, दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरेको हो ।

वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेबसाइटको प्रचार गरेको आरोपमा उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाइएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

नेपाल राष्ट्र बैंक ऐनको दफा ९५ अनुसार कसुर ठहर भए उनीहरुलाई बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय हुनसक्छ ।


क्लिकमान्डु