चन्द्रमासअनुसार साउने सोमबारको व्रत सुरु, पशुपतिमा दर्शनार्थी (फोटोफिचर)



काठमाडौं । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजबाट सुरु भएको छ ।

सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजबाट नै साउने सोमबारको व्रत सुरु भएको हो । चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुन्छ । सो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थी पुगेका छन् ।

पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरु पशुपतिनाथमा बिहानैदेखि भीड लागेको छ । साउनमा अधिकमास परे पनि नित्य पूज आराधना भने साउन महिनामा नियमित हुने पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

चन्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मुलका भक्तजनको भीड लागेको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।


क्लिकमान्डु