स्मार्ट क्यूआर र नेपाल पे क्यूआरबीच अन्तरआबद्धताको सुरुवात



काठमाडौं । नेपाल पे क्यूआरर स्मार्ट क्यूआरबीचक्युआर भुक्तानीको लागि नेटवर्क लेभलको अन्तरआबद्धता सुरु भएको छ । यससँगै नेपाल पे क्यूआरमा आबद्ध भएकामोबाइल बैंकिङ्ग, वालेट तथा कनेक्ट आईपीएस का प्रयोगकर्ताहरूले स्मार्ट क्यूआरको मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी स्मार्ट क्यूआरमा आबद्ध भएका मोबाइल बैंकिङ्ग र वालेटका प्रयोगकर्ताहरूले नेपाल पे क्यूआर स्क्यानगरी भुक्तानी गर्न सक्नेछन् ।

स्मार्ट च्वाइस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु,नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधि र विभिन्न मिडियाका सञ्चारकमीहरुको उपस्थितिमा काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा यी सेवाहरू संयुक्त रुपमा सार्वजनिक भएको घोषणा गरिएको हो ।

एनसीएचएल र एसीटीको क्यूआर नेटवर्कबीच क्यूआर भुक्तानीलाई समर्थन र प्रवद्र्धन गर्न नेटवर्क लेभलको अन्तरआवद्धता भएको छ । यस अन्तरआवद्धता पश्चात ग्राहक र मर्चेन्टहरुले भुक्तानीका लागि निश्चित क्यूआर खोजिराख्नु पर्दैन । दुवै नेटर्वकका इस्युइङ एपर मर्चेन्ट क्यूआर ले काम गर्नेछ ।

दुवै नेपाल पे क्यूआर र क्ःब्च्क्यूआर कोक्यूआरभुक्तानी हालमाच्छापुच्छ्रे बैंक, सानिमा बैंक,स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, कामनासेवा विकास बैंक, गरिमा विकास बैंक, आईसीएफसी फाइनान्स, आईएमई पे, खल्ती, प्रभु पे, हाम्रो पे, सेल पे, एन क्यास लगायतका वालेट तथा कनेक्ट आईपीएस बाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । साथै अन्य बैंक तथा वित्तीय संरथा र वालेटहरु पनि चाडैं थपिने छन् ।

नेपाल पे क्यूआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले क्यूआर मर्चेन्ट इनरोलमेन्टसेवामा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तिय संरथाकामोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरू बाटनेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै स्मार्ट क्यूआर नेटवर्कमा ६भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु र ९ डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायकहरू आवद्ध छन् । स्मार्ट क्यूआररनेपाल पे क्यूआरको नेटवर्कमा क्रमशः २ लाख ५० हजार र ३ लाख ५० हजार क्यूआरमर्चेन्टहरु छन्, जस अनुसार समग्रमा ६ लाख भन्दा बढि मर्चेन्टहरुको पहुँच हुनेछ । यी क्यूआरहरु इन्डिपेन्डेन्ट क्यूआरको रुपमा मर्चेन्टहरुको बिलिङ्ग प्रणाली वा पीओएस डिभाइस वाइकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल क्यूआरवा डाइनामिक क्यूआर को रुपमा उपलब्ध रहेका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको ल्भउबक्यिूआर मापदण्डबमोजिम ल्एक्अन्तर्गतकोरिटेल पेमेन्ट स्वीच अन्तर्गत उक्त क्यूआर अन्तरआबद्धताको कार्यान्वयन गरिएको हो। इस्युइङ एप, मर्चेन्ट तथा इन्टरनेटर्वक लेभलमा क्यूआर अन्तरआवद्धतालेक्यूआर भुक्तानी वृद्धि गर्नका साथै ग्राहकहरुलाई कारोबार गर्न थपसहजहुने विश्वास गरिएको छ।


क्लिकमान्डु