बालेनले किन भने ? म आजबाट अपराधी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू आजबाट अपराधी भएको टिप्पणी गरेका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत शाहले आज एउटा विशेष दिन भएको उल्लेख गरे । सर्वोच्च अदालतबाट जारी भएको तारिक पर्चाको फोटो राख्दै शाहले भारतको सांस्कृतिक हस्क्षेपको बिरोध गर्दा आजबाट आफू तारिखमा रहेको तर भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा प्रधानमन्त्रीले छुट पाएको भन्दै उनले लेखेका छन्, ‘म आजबाट अपराधी’।

मेयर शाहले लेखेका छन्, ‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा,
र आजै , प्रधानमन्त्रीज्यूले छुट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी।’

भारतीय व्यवसायीले आफूलाई प्रधानमन्त्री बनाउन तीन/चार पटक भारत धाएको प्रसंग प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन अघि एक सार्वजनिक कार्यक्रममा भनेपछि त्यसले राजनीति तरंगित भएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले संसद अवरुद्ध गरेका छन् । एमालेले प्रधानमन्त्रीको राजीनामा मागिरहेको छ । तर, आइतबार एमालेसँग प्रधानमन्त्रीले माफी माग्ने र एमालेले राजीनामाबाट पछि हट्ने सहमति भएको बताइएको थियो । त्यसलाई लक्षित गर्दै बालेनको यस्तो भनाइ आएको हो ।

तर, एमालेले सहमति गरेपनि अन्य विषयमा पनि प्रधानमन्त्रीले माफी माग्नु पर्ने बताएको छ ।


क्लिकमान्डु