भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ परेपछि निजी क्षेत्रको एकै स्वरः व्यवसायीलाई हतोत्साही नबनाऊ



काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटक सञ्चालक मिन बहादुर गुरुङ पक्राउ परेपछि निजी क्षेत्रका संगठनले विज्ञप्ति निकाले व्यवसायीलाई हतोत्साहित नबनाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सामुहिक विज्ञप्ति निकाल्दै यस्तो सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र अहिले समस्यामा रहेको स्मरण गराउँदै हतोत्साहित बनाउन आग्रह गरेको छ ।

उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा वहुआयामिक असर पर्ने देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुने विज्ञप्तिमा उल्लेख छ ।

‘कानून विपरित काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनुपर्छ । तर कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुदैन’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।’


क्लिकमान्डु