इन्द्रावती नदीमा आज बेलीब्रिजको उद्घाटन हुँदै



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तीन स्थानीय तह मेलम्ची, पाँचपोखरी र इन्द्रावती गाउँपालिका जोड्ने इन्द्रावती नदीमा ‘बेलिब्रिज’ निर्माण कार्य सकिएसँगै आज उद्घाटन हुँदैछ ।

नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ जडान कार्य गरिएको हो ।

वर्षायाममा यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने भएपछि बेलिब्रिज जडान गरिएको हो ।

मेलम्चीपारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिने छन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रूपमा समेत यस सडक प्रयोग हुँदै आएको छ ।

इन्द्रवती खोलामा बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

२०७८ असार १ गते आएको भीषण बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको थियो।


क्लिकमान्डु