जुकरबर्गले ल्याए ‘थ्रेड्स’, इन्स्टाग्राम ह्याडलबाट प्रयोग गर्न सकिने



एजेन्सी । फेसबुक, इन्टाग्रामलगायतका सामाजिक सञ्जालको मूल कम्पनी मेटाका मालिक मार्क जुकरबर्गले ‘थ्रेडस्’ नामको ‘टेक्स्ट–बेस्ड कन्वर्सेसन’ सामाजिक सञ्जाल ल्याएका छन् । बिहीबारबाट मेटाले नयाँ सामाजिक सञ्जाल लञ्च गरेको हो ।

मेटाका मालिक मार्क जुकरबर्गले इन्स्टाग्रामकै ह्यान्डल ‘युजरनेम’बाट चलाउन सकिने गरी नयाँ एप ‘थ्रेडस्’ सञ्चालनमा आएको हो । यो एपले ट्विटरलाई टक्कर दिने बताइएको छ ।

थ्रेड्सलाई कम्पनीले विश्वभरका १०० भन्दा धेरै देशहरुमा एप्पलको एप स्टोर र गुगल प्ले स्टोर दुवैमा निशुल्क डाउनलोड गर्न मिल्ने गरि सार्वजनिक गरेको छ । एपलाई नियामक कारणहरुले युरोपेली संघअन्तर्गत भने लञ्च गरिएको छैन ।

एपमा ५ सय शब्दसम्मका पोस्टहरु राख्न सकिन्छ । प्रयोगकर्ताले यसमा टेक्स्ट, फोटो, लिंक र भिडियो पनि राख्न सक्छन् । भिडियोको लम्बाई भने ५ मिनेटसम्मको पोस्ट गर्न सकिने मेटाले जनाएको छ ।

प्रयोगकर्ताले र प्रयोगकर्तालाई इन्स्टाग्राममा फलो गर्नेहरुलाई थ्रेडमा पनि फलो गर्न सकिनेछ ।

गत जनवरीबाट मेटाले थ्रेडमा काम गरिरहेको थियो । कम्पनीले यसले प्रयोगकर्तालाई आफूलाई मन पर्ने क्रिएटरसँग नजिक बनाउने बताएको छ । एपमा आफ्नो विचार सम्प्रेषण गरेर प्रशंसक बटुल्न सकिनेछ ।


क्लिकमान्डु