सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा बुधबार १३ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु