बोलेको कुरा पूरा गर्न गगनलाई बालेनको चुनौती



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रसका महामन्त्री गगन थापालाई बोलेको कुरा पूरा गर्न चुनौती दिएका छन् ।

महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत कांग्रेस महामन्त्रीले एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेको भन्दै अब महानगर शिक्षढ संस्था कार्यालय सबैतिर कांग्रेसको भ्रातृ संगठन नभएको रुपमा लिने बताएका छन् । र यसलाई सांसदसमेत रहेका महामन्त्री पूरा गर्ने बालेनले विश्वास लिएका छन् ।

यस्तो छ बालेनको स्टेटस

माननीय गगन थापाज्यु,

दलको हिजोको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्नु भयो । नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भने पछि,

काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ ।

बोलेको कुरा पुरा गर्नुहोला माननीयज्यू ।


क्लिकमान्डु