हनुमानढोका परिसरभित्र सवारी साधन निषेध: बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले उक्त क्षेत्रमा सवारी साधन निषेध गरिएको जानकारी दिए ।
काठमाडौं मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण भएको भन्दै बालेनले काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरु भएको उल्लेख गरेका छन् ।
‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन्’ बालेनले भने भनेका छन्, ‘ वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।’