वेदालयको ब्रान्ड एम्बेस्डरमा मनोज गजुरेल



काठमाडौं । निर्माण सामग्री विक्रेता कम्पनी वेदालयले कलाकार मनोज गजुरेललाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ ।

बाथरुम फिटिङ सामग्री जल, फोनिर्ट युपिभिसी, इनक्राफ्ट युपिभिसीलगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका आधुनिक तथा नयाँ निर्माण सामग्री र निर्माण पद्धति नेपालमा भित्र्याउँदै आएको कम्पनीले कलाकार गजुरेललाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो ।

वेदालयले एउटै छाता मुनिबाट निर्माणसम्बन्धी सम्पूर्ण सामग्री र सेवा प्रदान गर्दै आएको छ । निर्माण सामग्रीहरुको व्यापारमा केन्द्रित हुँदै आएको वेदालयसँग निर्माण र निर्माणसँग सम्बन्धित उद्योग तथा कलकारखानासँग पनि प्रत्यक्ष र बृहत पहुँच रहेको जनाइएको छ ।

उच्च गुणस्तर र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकतामा राखेको कम्पनीले दशकौं लामो अनुभवको उच्चतम प्रयोग गर्दै सम्पूर्ण निर्माण क्षेत्रकै सुधारको प्रयास गरिरहेको कम्पनीका अध्यक्ष जयराम अर्यालले बताए ।


क्लिकमान्डु