तीन प्रदेशमा आज चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
२०८० आषाढ १७ गते (आइतबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।