माछा र केरा विदेशको नल्याउन सुरु गरेका छौं: रवि, ओलीले भने- हुन्छ



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंबाट चितवनको भरतपुर पुगेका दुवै नेताहरु भरतपुर विमानस्थलमा भेटिएका थिए ।

विमानबाट ओर्लिएर गाडी चढ्न लागेका ओलीलाई अभिवादन गर्दै रास्पवा अध्यक्ष लामिछानेले केरा र माछाको आयात रोक्न आवश्यक भएको बताए । अहिले यसलाई अभियानको रुपमा नै अघि बढाइएको उनको भनाइ छ ।

‘स्वदेशी कृषकको उत्पादन रक्षाका लागि माछा र केरा विदेशको नल्याउन सुरु गरेका छौं,’ ओलीलाई लामिछानेले भने । जवाफमा ओलीले हुन्छ भने । ओलीसँग रहेको पत्नी राधिकाले अण्डा आयातमा पनि रोक लगाउनु पर्ने बताएकी थिइन् । जवाफमा लामिछानेले भने ‘ क्रमश गर्दै जानु पर्छ । एटलिस्ट सुरु त गर्नुपरो ।’

एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछाने धान दिवस एवं रोपाइ महोत्सवका छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन चितवन पुगेका हुन् ।


क्लिकमान्डु