यी हुन् प्रचण्ड सरकारले ६ महिनामा गरेका ७७ काम



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको गठबन्धन सरकारले ६ महिनाको अवधिमा ७७ काम गरेको दाबी गरेको छ ।

वर्तमान सरकारले ६ महिनाको अवधिमा सम्पादन गरेका प्रमुख कार्यहरू र हासिल भएका मुख्य-मुख्य उपलब्धिहरू भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७७ बुँदा सार्वजनिक गरेको छ ।

गठबन्धन सरकारले नेतृत्व गरेपछि अर्थतन्त्रलाई गतिशील बनाइएको उल्लेख गरिएको छ ।

वित्तीय तथा मौद्रिक नीतिको सामञ्‍जस्यपूर्ण कार्यान्वयन गरी अर्थतन्त्रमा देखापरेको तरलता सङ्‍कुचन¸ उच्च ब्याजदर¸ विदेशी मुद्राको सञ्‍चितिमा परेको दबाब¸ पूँजी बजारमा आएको गिरावट र बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई उचित सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अर्थतन्त्र सुधारका लागि सरकारले अवलम्बन गरेका नीति तथा चालेका कदमको फलस्वरूप बैंङ्क दर तथा ब्याजदरमा कमी आई वित्तीय क्षेत्र स्थायित्व र लगानीको वातावरणमा सकारात्मक सुधार आएको जनाइएको छ ।

निजी क्षेत्रको आत्मविश्‍वास बढाई सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सुदृढ बनाउन जोड दिइएको उल्लेख गर्दै चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्नुका साथै बजेट तथा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरी अर्थतन्त्रको पुनरुत्थानका लागि सुधारका कदमहरू चालिएको जनाइएको छ ।

यी हुन् मुख्य काम

संयुक्त-सरकारको-छ-महिनाको-प्रगति-विवरण-final-copy


क्लिकमान्डु