ललित निवास प्रकरण: भाटभटेनीका सञ्चालक गुरुङसहित ५ जना पक्राउ



काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणी केसीलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आजै सरकारी कागजात कीर्तेमा म्याद थप गर्ने तयारी छ । उक्त घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि प्रहरीले खोजी भइरहेको जनाएको छ ।


क्लिकमान्डु