बालेनको एक्सन: ११ कक्षाको फि बारे जानकारी गराउन कलेजहरुलाई निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र कक्षा ११/१२ सञ्चालन भइरहेका संस्थागत विद्यालयलाई कुन शीर्षकमा कति शुल्क लिने हो भन्ने जानकारी गराउन भनेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत निजी विद्यालयहरुले शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? भन्नेबारे विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव असार मसान्त्रभित्र शिक्षा विभागमा उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

यसअघि महानगरले विद्यालयले दिने छात्रवृत्तिको जानकारी दिन सूचना जारी गरेको थियो र तोकिएको समयमा नबुझाउने विद्यालयलाई एक पटकका लागि १ लाख जरिवाना तिरेर सूची बुझाउन निर्देशन दिएको छ । सूची नबुझाए कानून अनुसार विद्यालयको अनुमतिसम्मेत खारेज हुने चेतावनी महानगरले दिएको छ ।


क्लिकमान्डु