हकप्रद सेयर नबिकेपछि हिमाल दोलखा हाइड्रोपावरले थप्यो आवेदन दिने समय



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयर नबिकेपछि आवेदन दिने समय थपिएको छ ।

कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थपेर २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ । हिमाल दोलखाले जेठ २२ देखि १ः०.७५ प्रतिशत अर्थात ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले निष्कासन गरेको १ करोड २० लाख कित्ता सेयरमा वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।

कम्पनीले वैशाख २७ मा बुक क्लोज गरेको छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । हकप्रद सेयरमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरो सेयरका साथै बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, हिमाल दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखबाट आवेदन दिन सकिन्छ ।


क्लिकमान्डु