अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ निष्कासन, १ लाख कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ६ करोड ५० हजार रुपैयाँको ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका, कम्पनीका कर्मचारीका लागि १३ हजार कित्ता सेयर छुट्याइएको छ ।

बाँकी रहेको ५ लाख ३९ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ । आईपीओमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे असार २४ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


क्लिकमान्डु