बालेनले भने- अदालत पनि भारतको गुलाम भयो, आदेश मान्दिन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आउँदा कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् ।

उच्च अदालत पाटनले बिहीबार अन्तरिम आदेश जारी गर्दै काठमाडौंका सिनेमा हलहरुमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न भनेसँगै बालेनले सामाजिक सञ्जालमार्फत अदालतको आदेश नमान्ने बताएका हुन् ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन,’ बालेन लेख्छन्, ‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’


क्लिकमान्डु