तोकिएको ‘फार’विपरित भएका भवनमा सम्पत्ति कर बढ्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले फ्लोर एरिया रेसियो ‘फार’को मापदण्ड उल्लंघन हुने गरि निर्माण भएर अभिलेखिकरण भएका र हुन बाँकी संरचनाको हकमा कर बढाउने भएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले प्रस्तुत गरेको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो । भवन निर्माण सम्बन्धि मापदण्डको परिपालनामा जोड दिनका लागि मापदण्डको उल्लंघन हुने गरि फ्लोर एरिया रेसियोको सुविधाभन्दा बढि निर्माण भई अभिलेखिकरण भइसकेका र हुन बाँकी भवन संरचनाहरुको सम्पत्ति कर बढाइने गरि आर्थिक ऐनमा व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

काठमाडौं उपत्यकामा फ्लोर एरिया रेसियो ‘भुई क्षेत्रको अनुपात’ को हालको मापदण्डअनुसार काठमाडौं उपत्यकामा व्यापारिक तथा सभासम्मेलन भवनमा ३.५ मिटर, आवासिय भवनमा ४.० मिटर, मिश्रित आवासिय भवनका लागि ४.५ मिटर र संस्थागत भवनका लागि २.५ मिटर भुई क्षेत्रको अनुपात हुनुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु