सेयर बजारमा दोहोरो अंकको गिरावट, ४५ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १४.०५ अंकले घटेर परिसूचक २०५०.७८ बिन्दुमा रोकिएको छ ।

२७१ कम्पनीको ८६ लाख ५१ हजार १६४ कित्ता सेयर ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ९.९९, विकास बैंक ५२.०५, वित्त २८.०४, जलविद्युत ४१.८७, माइक्रोफाइनान्स ४०.३८, अन्य समूहको उपसूचक ७.३० अंकले घटेको छ । कारोबारमा ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ वटाको घटेको छ ।

कारोबारमा होटल २३९.५१, जीवन बिमा ११.९६, उत्पादन तथा प्रशोधन समूहको उपसूचक १५.०१ अंकले बढेको छ ।
कारोबारमा सिटि होटल, सोल्टि होटल, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, इङवा हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड ६ लाख ४१ हजार ३२७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोल्टी होटल र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी रहेका छन् ।


क्लिकमान्डु