यी हुन् घोराही सिमेन्टको आईपीओमा १ करोड २० लाख कित्ता ‘फर्जी’ आवेदन दिने १२ लगानीकर्ता



काठमाडौं । घोराही सिमेन्टको आईपीओमा १० लाख कित्ताका दरले १२ जनाले ‘फर्जी’ आवेदन दिएको पाइएको छ ।

कम्पनीको आईपीओमा ४३ करोड ५० लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको आवेदन रिजेक्ट भएको हो ।

खातामा पैसा नभई आवेदन दिनेमा भक्तपुरको अनन्तलिंगेश्वर-१ का प्रेमप्रसाद आचार्य, सोही वडाका उज्जवल आचार्य र भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका-३ की श्रीजा पोखरेल छन् ।

त्यस्तै, गोरखाको सिरानचोक-३ की सावित्रा पराजुली, रुपन्देहीको तिलोत्तमाकी लक्ष्मी घिमिरे, मोरङ कानेपोखरी-१ की मुना खत्री र चितवनको भण्डारा-१ का मनोज पाठक छन् ।

स्रोतका अनुसार सुनसरीको देवानगन्ज-१ का मिथिलेशकुमार मेहता, दोलखाको नाम्दु-३ का नवीन खत्री, ललितपुरको टिकाथली-५ का अनिल राना, पर्वतको कार्कीनेटा-३ की रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्य बानेश्वरका सुमित्रा बम छन् ।

१ करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि सोमबार घोराही सिमेन्टको आईपीओ स्थगन भएको थियो । फर्जी आवेदनमा लगातार वृद्धि भएपछि नेपाल धितोपत्र बोर्डले इस्यु म्यानेजरलाई तत्काल आवदेन स्थगन गर्न पत्र पठाएको थियो ।


सोभित थपलिया