एक महिनामा होटल क्षेत्रमा सवा १ अर्बको लगानी प्रतिबद्धता, १० मध्ये ९ वटा काठमाडौंमा



फाइल तस्बिर

काठमाडौं । जेठ महिनामा होटल क्षेत्रमा मात्रै सवा एक अर्ब लगानी प्रतिबद्धता जनाइएको छ । उद्योग विभागको तथ्यांकअनुसार जेठ महिनामा होटल क्षेत्रमा १ अर्ब २३ करोड ४६ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको उल्लेख छ।

लगानीकर्ताहरुले सवा १ अर्ब लगानीमा विभिन्न स्थानमा होटल निर्माण गर्ने गरी उद्योग दर्ता गरेका छन् । यसरी दर्ता भएका उद्योग अद्योग अधिकांश उपत्यकाभित्र रहेका छन् ।

लगानीकर्ताले २ करोडदेखि ५९ करोड रुपैयाँका कुल चुक्ता पुँजीसहित होटल दर्ता गरेका छन् । दर्ता उद्योगमध्ये ८ वटा होटल मध्ये काठमाडौंमा र एक/एकवटा ललितपुर र कास्कीमा रहेका छन् । उक्त होटलमा ४२८ जनालाई रोजगारी दिने प्रतिवद्धता लगानीकर्ताले जनाएका छन् ।

विभागमा एक महिनामा १० होटल क्षेत्रमा लगानी प्रतिबद्धता जनाउँदा अधिकांश विदेशी लगानी रहेको छ । पूर्णविदेशी लगानीमा ५ वटा, स्वदेशी तथा विदेशी लगानीमा ३ वटा र २ वटा पूर्ण स्वदेशी लगानीमा होटल सञ्चालन गर्न गरि दर्ता भएका छन्।

जेठ महिनामा सबैभन्दा बढी होटल लो मुस्ताङ प्रालिमा लगानी दर्ता भएको छ । काठमाडौंको वडा नम्बर–२९ मा ५९ करोड २६ लाख रुपैयाँ लगानीमा ९९ वटा बेडको सुविधासहित ८० सिटको रेष्टुरेन्ट सञ्चालन ल्याउने तयारी छ । स्वदेशीको पूर्ण लगानी रहेको उद्योग विभागले जनाएको छ । होटलले ८० जनालाई रोजगारी दिनेछ ।

त्यस्तै, काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका वडा–४ मा १० करोड कुल पुँजीसहित होटल रिजोइस दर्ता भएको छ । होटलमा ४८ वटा बेडसहित ६० सिटको रेष्टुरेन्टको स्थापना हुनेछ । होटलमा पूर्ण विदेशी लगानी रहेको छ । होटलले ३७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाइएको छ ।

काठमाडौं महानगरपालिकाको वडा–४ मा ४ करोड लगानीमा म्यारिगोल्ड रेष्टुरेन्ट दर्ता भएको छ । रेष्टुरेन्टमा २५० सिट क्षमता रहने छ । स्वदेशी र विदेशीको ५०/५० प्रतिशत हिस्सा रहेको रेष्टुरेन्टमा ३५ जनाले रोजगारी पाउने कम्पनीले उल्लेख गरेको छ।

विभागकाअनुसार काठमाडौं महालनगरपालिका वडा नम्बर–७ मा ४ करोड लगानीमा ८५ सिटको सेवा रेष्टुरेन्टको सेवा दिने उद्देश्यसहित ४ करोड रुपैयाँमा कृपा रेष्टुरेन्ट दर्ता भएको छ । रेष्टुरेन्टमा ५०/५९ प्रतिशत स्वदेशी र विदेशी लगानी छ । रेष्टुरेन्टले ४२ जनालाई रोजगारी दिनेछ ।

त्यसैगरी, कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा नम्बर–१७ मा गोल्डेन ब्लेसिङ्ग फुड्स, काठमाडौं महानगरपालिका वडा नम्बर–२७ मा चोङकिङ्ग हट पोट स्केवर्स प्रालि र काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा–८ मा के क्याफे प्रालिले २/२ करोड लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। उक्त रेष्टुरेन्टहरुमा पूर्ण विदेशी लगानी छ ।

विभागअनुसार गोल्ठेन ब्लेसिङ्कले १३ जना, पोट स्केवर्सले १६ जना र के क्याफेले ३४ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

ललितपुर महानगरपालिकाका वडा–२५ मा १५ करोड २० लाख रुपैयाँ लगानीमा होटल ग्रिन माउन्टेन प्रालि उद्योग दर्ता भएको छ । होटलमा २२ वटा बेडसहित ५० सिटको रेष्टुरेन्टको सुविधा हुनेछ । होटलमा भने १.३३ प्रतिशत स्वदेशी र ९८.६७ प्रतिशत विदेशी लगानी रहेको छ । होटलले ८७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।

काठमाडौंको महानगरपालिका वडा नम्बर–१६ मा १० करोड रुपैयाँ लगानीमा २३ वटा बेस ६० सिटको काङकाङ होटल निर्माण हुने भएको छ । होटलमा पूर्ण विदेशी लगानी रहेको छ भने होटलले ६० जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, काठमाडौं जिल्लाको वडा–६ मा १५ करोड लगानीमा बौद्ध बुटिक होटल निर्माण हुने भएको छ । होटलमा
४० वटा बेडसहित एक सय सिटको रेष्टुरेन्ट निर्माण गर्ने उल्लेख गरेको छ । होटलले २४ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएको छ ।


क्लिकमान्डु