एसियन पेन्ट्सले एकै वर्ष गर्‍यो पौने ११ अर्बको व्यापार



काठमाडौं । एसियन पेन्ट्स (नेपाल) प्रालिले एकै वर्ष १० पौने ११ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ७५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ७ अर्ब ३० करोड ३० लाख, २०२० मा ५ अर्ब ३१ करोड र २०१९ मा ६ अर्ब १६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीका अनुसार सन् २०२२ मा ४७ प्रतिशतले व्यापार बढेको जनाएको छ ।

सन् १९८३ देखि रङ उत्पादन तथा बिक्रीमा संलग्न कम्पनीले वार्षिक १ लाख मेट्रिक टन उत्पादन क्षमता छ । एसियन पेन्ट्स भारतीय कम्पनी एसियन पेन्ट्स लिमिटेडको सहायक कम्पनी हो । कम्पनीमा भारतीय एसियन लिमिटेडको ५३ प्रतिशत हिस्सा, भारतीय रवि एसोसिएट्सको ९ प्रतिशत र बाँकी ३८ प्रतिशत हिस्सा अन्य २६ जनाको हिस्सा छ ।

मकवानपुरको हेटौंडा उद्योगमा रहेको कम्पनीले विभिन्न प्रकारका रङ उत्पादन गर्दै आएको छ । कम्पनीले सिमेन्ट, इमल्सन, डिसटेम्पर, नाइफिङ पेस्ट, सोल्भेन्ट र प्राइम अन्डरकोटका लागि रङ  उत्पादन गरी ४४ वटा ब्रान्डमा बिक्री गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँ अर्थात् ए वान प्लस रेटिङ पाएको छ ।


क्लिकमान्डु