शुभश्री अग्नि र अग्नि सिमेन्टको व्यापार घट्यो, ३ अर्ब ३८ करोडको व्यापार



काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योग र अग्नि सिमेन्ट इन्डष्ट्रिजको व्यापार घटेको छ । कम्पनीहरुको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा व्यापार घटेको हो ।

विभिन्न प्रकारका सिमेन्ट उत्पादन गर्ने कम्पनीहरुले सन् २०२२ मा ३ अर्ब ३८ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन् । कृष्णप्रसाद पोखरेल अध्यक्ष रहेको शुभश्री अग्नि कम्पनीले सन् २०२१ मा २ अर्ब १६ करोड ५० लाख रुपैयाँ र अग्नि सिमेन्टले १ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०१३ मा स्थापना भएको शुभश्री अग्नि सिमेन्ट कम्पनीले सन् २०२१ मा २ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब ९३ करोड ३० लाखको व्यापार गरेको थियो ।

दैनिक ७ सय मेट्रिक टन क्लिङ्कर उत्पादन क्षमता भएको कम्पनीले दैनिक १२ सय मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीले काइला, लाइमस्टोन, जिपसम, क्ले, आइरन ओर र जिपसमलगायत अन्य विभिन्न कच्चा पदार्थ आयात गरी सिमेन्ट उत्पादन गर्दै आएको छ । सन् २०२२ मा व्यापार घटेपनि सन् २०२३ मा भने कारोबार रिबायन्ड हुँदै गएको कम्पनीले जनाएको छ ।

सन् २०२३ को ९ महिनाको अवधिमा कम्पनीले सन् २०२२ को सोही अवधिको तुलनामा १५ प्रतिशतले बढेको उल्लेख छ ।

कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा २ अर्ब २३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२२ को सोही अवधिमा कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा व्यापार गरेकोमध्ये १ अर्ब ६२ करोड ६० लाख रुपैयाँ सिमेन्टबाट र ६० करोड ७० लाख रुपैयाँ क्लिङ्करबाट भएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ५९ करोड ६७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ अर्थात् डबल बी प्लस र अल्पकालीन कर्जाका लागि २ अर्ब ५९ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ ।

त्यस्तै, सन् २००७ मा स्थापना भएको अग्नि सिमेन्ट इन्डष्ट्रिजले सन् २०२१ मा १ अर्ब ३५ करोड २० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२२ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीअनुसार सन् २०२१ को तुलनामा सन् २०२२ माक १० प्रतिशतले व्यापार घटेको जनाएको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ३० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले दैनिक ९ सय मेट्रिक टन पोर्टल्यान्ड पोजोल्यान्ड सिमेन्ट (पीपीसी) र अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीअनुसार सन् २०२२ मा निर्माण सामग्रीको माग कम हुँदा उद्योगको उत्पादन क्षमता पनि घटेको उल्लेख छ ।

कम्पनीले सन् २०२१ मा ६.८२ प्रतिशत नाफा कमाएको सन् २०२२ मा ८.५७ प्रतिशतले नाफा कमाएको छ । तर, सन् २०२३ मा कम्पनीको व्यापार झनै घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को ९ महिनाको अवधिमा ५१ करोड २० लाख रुपैयाँले कम व्यापार गरेको छ ।

कम्पनीले विभिन्न चार वटा ब्रान्डमा सिमेन्ट बिक्री विवतरण गर्दै आएको छ । कम्पनीले अग्नि, ओरियन्ट र त्रिवेणी पीपीसी र अल्फा ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

साथै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड ५६ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु