लोकसेवाले माग्यो २२९ जनालाई रोजगारी, ८ कक्षा पास र रुख चढ्न जान्नेलाई अवसर



काठमाडौं । नेपाल वन सेवामा विभिन्न पदमा २२९ जनाका लागि रोजगारीको अवसर खुलेको छ ।

लोक सेवा आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै नेपाल वन सेवाको श्रेणीविहीन पदहरुका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पद पूर्तिका लागि विज्ञापन खुलाएको हो ।

आयोगले वन सेवाअन्तर्गत गेम स्काउट, वन रक्षक तथा माहुत पदका लागि रोजगार खुलाएको सूचनामा उल्लेख गरेको छ । आयोगको धनकुटा कार्यालयबाट ११ जना, खोटाङ कार्यालयबाट १७ जना, काठमाडौं कार्यालयबाट ३२ जना, हेटौंडा कार्यालयबाट ४५ जना, पोखरा कार्यालयबाट २ जना, बागलुङ कार्यालयबाट १३ जना, दाङ कार्यालयबाट ४४ जना, जुम्ला कार्यालयबाट २७ जना, दिपायल कार्यालयबाट ७ जना र महेन्द्रनगर कार्यालयबाट ३१ जनाका लागि रोजगारी खुलाएको हो ।

आयोगकाअनुसार शारीरिक परीक्षण, तन्दुरुस्ती परिक्षा, प्रयोगात्मक परिक्षा तथा लिखित र अन्तर्वार्तामार्फत रोजगारी दिइनेछ । इच्छुक आवेदकले नियमित दस्तुरमा असार १९ गतेसम्म र दोब्बर दस्तुरमा असार २६ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।


क्लिकमान्डु