मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना



फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएको छ ।

मुटुमा समस्या देखिएपछि पौडेललाई बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

राष्ट्रपति पौडेललाई मंगलबार अस्पताल भर्ना गरिएको हो र उनको थप उपचार भइरहेको छ ।

भर्नापछि राष्ट्रपति पौडेलको मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ।

राष्ट्रपति पौडेल हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन् ।


क्लिकमान्डु