ट्विटरले कन्टेन्ट क्रिएटरलाई पैसा दिने



काठमाडौं । ट्विटरले भेरिफाइड कन्टेन्ट क्रिएटरलाई विज्ञापनवापतको पैसा दिने

काठमाडौं । एलन मस्कले शनिबार ट्विटरले आफ्नो प्लेटफर्ममा कन्टेन्ट क्रिएटरहरुलाई पैसा दिन सुरु गर्ने बताएका छन् ।

मस्कले एक ट्विट गर्दै केही हप्तामा नै भेरिफाइड क्रियटर्सहरुको रिप्लाईमा हुने विज्ञापनका लागि पैसा दिन सुरु गर्ने बताएका छन् । उनकाअनुसार पहिलो चरणमा कन्टेन्ट क्रियटरहरुका लागि ५ मिलियन डलर (५० लाख अमेरिकी डलर) रुपैयाँ बराबरको रकम भुक्तानी गरिनेछ ।

तर, यसका लागि भने कन्टेन्ट क्रियटरहरु ट्विटरमा प्रमाणित (भेरिफाइट) हुनुपर्ने छ । भेरिफाइड एकाउन्ट भएका कन्टन्ट क्रियटरहरुलाई उनीहरुको एकाउन्टमा देखिने विज्ञापनको आधारमा रकम भुक्तान गरिनेछ । र यस्ता विज्ञापन भेरिफाइड युजरले हेरेको आधारमा मात्रै भुक्तानी दिइने उनले जनाएका छन् ।

उनले ट्विट गर्दै लेखेका छन्, ‘रकम भुक्तानी भेरिफाइड क्रियटर्सहरुलाई गरिनेछ । र यो पनि भेरिफाइड युजरले विज्ञापन हेर्दा मात्रै मान्य हुनेछ ।’


क्लिकमान्डु