६७.३ प्रतिशत नेपालीसँग बैंक खाता



काठमाडौं । ६७.३ प्रतिशत नेपाली जनतासँग बैंक खाता रहेको छ । नेपालमा जनसंख्या भन्दा धेरै अर्थात ४ करोडभन्दा बढीको‍ बैंक खाता रहेको पाइएको छ ।

फाईनान्सियल लिट्रेसि नेपालले आयोजना गरेको कार्यक्रममा पूर्व बैंकर भुवन दहालले ६७.३ प्रतिशत नेपालीसँग बैंक खाता रहेको उल्लेख गरे ।

केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या मध्ये करिब १ करोड ८४ लाख नेपालीसँग बैक खाता रहेको छ ।

दहालले फरक प्रसंगमा २०११ पछि सिंगापुरमा प्रधानमन्त्रीको तलब घटेको बताए । त्यहाँ प्रधानमन्त्रीको भन्दा राष्ट्रपतिको तलब भत्ता कम हुने गरेको उनले बताए ।

सिंगापुरमा कामअनुसार तलब भत्ता दिने गरेरिएको बताउँदै उनले नेपालमा कामअनुसार तलब भत्ता पाउने व्यवस्था नभएको बताए । कामको जिम्मेवारी बोध नहुँदा देश विकास हुन नसकेको उनको भनाइ छ ।

मन्त्रीहरुले घुस खाएर मुद्दा चलिरहेको भन्दै उनले यस्तोमा विकास हुने अपेक्षा गर्न नसकिने तर्क गरे ।

बिरामी हुँदा मन्त्री प्रधानमन्त्री विदेश जानू पर्ने बाध्यता हटे, सरकारी कर्मचारीका बालबालिका सरकारी विद्यालयमा पढ्ने बाध्यकारी नीति लिन सकेको खन्डमा देश विकास हुने उनले बताए ।

उनले देश बनाउने हो भने महिनामा एक पटक आर्थिक बिषयमा सबै क्षेत्रमा बहस हुनुपर्ने धारणा राखे ।


क्लिकमान्डु