विराटनगरमा कार्गो रेल आउँदै, प्रचण्ड र मोदीले गरे स्वीच थिचेर उद्घाटन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगर भन्सारको कस्टम यार्डसम्म कार्गो रेलको सुरुवात गरेका छन् ।

प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीले आज संयु्क्त पत्रकारसम्मेलन का क्रममा हरियो बटम थिचेर यसको उद्घाटन गरेका हुन् । कार्गो रेल आज विराटनगर आइपुग्नेछ।

२०७६ सालमै रेलको लिक परीक्षण गरेर विराटनगरको कस्टम यार्ड तयारी अवस्थामा रहेको थियो ।

तर, अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको थिएन ।

बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ ।

बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो ।


क्लिकमान्डु