सरकारले ल्यायो १७ खर्ब ५१ अर्बको बजेट



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

यो रकम चालु आवको तुलनामा २.३७ प्रतिशत कम हो ।


क्लिकमान्डु