कोटेश्वरदेखि एकान्तकुना फ्लाइओभर र अण्डरपास निर्माण सुरु गर्ने



काठमाडौं । सरकारले ललितपुरको ग्वार्कोमा निर्माणाधिन रहेको फ्लाइओभरको कार्य आगामी आर्थिक वर्षमा सक्ने प्रतिबद्धता जनाएको छ।

आगामी आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ललितपुरको ग्वार्कोमा निर्माणाधिन रहेको फ्लाइओभरको निर्माण कार्य आगामी आवमा सम्पन्न गरिने बताएका हुन् ।

सँगै, कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र अण्डरपास निर्माण कार्य सुरुवात गरिने पनि उनले बताएका छन् ।


क्लिकमान्डु