नागढुंगा सुरुङमार्ग निर्माण सम्पन्न गर्न ५ अर्ब १३ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्ग आगामी वर्ष निर्माण सम्पन्न गर्न ५ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री प्रकाशशरण मतहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नागढुङ्गा सुरुङमार्ग निर्माण सम्पन्न गर्न ५ अर्ब १३ करोड बजेट विनियोजन गरेको बताए ।

साथै, नागढुङुगा–नौबिसेको सडक खण्ड निर्माण सम्पन्न गर्ने पनि अर्थमन्त्री महतले बताए । सरकारले नौबिसे–मुग्लिनखण्डको २५ किलोमिटर सडक स्तरन्नोती गर्न २ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


क्लिकमान्डु