पूर्व–पश्चिम राजमार्ग निर्माण गर्न ३१ अर्ब २ करोड विनियोजन



काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्ग निर्माण गर्न ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै पूर्व–पश्चिम राजमार्ग निर्माण गर्न ३१ अर्ब २ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

सरकारले नारायणी नदी र तिनाउ नदीमा सेग्नेचर पुल निर्माण गर्ने भएको छ ।


क्लिकमान्डु