रेशम चौधरीमाथि न्याय भएन: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रेशम चौधरीमाथि न्याय नभएको बताएका छन् । आममाफी दिएर छाड्न चौधरीमाथि न्याय नभएको उनको भनाइ थियो ।

सोमबार प्रतिनिधि सभा परिसरमा लामिछानेले चौधरीलाई गत प्रकृयाबाट छुटाइएको बताएका हुन् । चौधरी निर्दोष छन् भन्ने विश्वासका साथ आफ्नो दलले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको उनले बताए ।

‘रेशम चौधरी छुट्नुभयो, ठीक छ । तर रेशम चौधरीमाथि न्याय भएन’ उनले भने । चौधरी छुटेपनि उनले लडाइँ भने नजितेको उनको भनाइ थियो।

तर, उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने विज्ञप्ति निकालेर चौधरीलाई रिहाइ गरिनु गलत भएको जनाएको थियो ।


क्लिकमान्डु