कर्जा नतिर्ने ७९ जना ऋणिको नाममा जगदम्बा क्रेडिटले निकाल्यो ३५ दिने सुचना



काठमाडौं । जगदम्बा ग्रुपअन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इभेष्टमेन्ट लिमिडेटले कर्जा नतिर्ने ८९ जनाको नाममा ३५ दिने सूचना निकालेको छ ।
कम्पनीले हायर पर्चेज कर्जा लिएर कर्जाको साँवा, ब्याज रकम चुक्ता नगरेका ७९ जनालाई आगामी ३५ दिनभित्र चुक्ता गर्नुपर्ने कर्जा चुक्ता गर्न निर्देशन दिएको छ ।
तोकिएको म्यादभित्र कर्जा चुक्ता नभएमा ऋणिको र व्यक्तिगत जमानी दिनेहरुलाई कानुनअनुसार धितोमा रहेको चल अचर सम्पत्ति लिलाम बिक्री गरिने समेत कम्पनीले जनाएको छ ।


क्लिकमान्डु