सेयर बजार घट्दा संस्थानको सम्पत्ति डेढ खर्बले घट्यो



काठमाडौं । सेयर बजार घट्दा सरकारी संस्थानको सम्पत्ति डेढ खर्बले घटेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा नेप्सेमा सुचिकृत ६ वटा संस्थानको सम्पत्ति १ खर्ब ६५ करोड ९७ लाख ८३ हजार रुपैयाँले घटेको हो । ४४ वटा संस्थानमध्ये ६ वटा संस्थान नेप्सेमा सुचिकृत छन् ।

हालसम्ममा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, कृषि विकास बैंक लिमिटेड, राष्ट्रिय बिमा कम्पनी लिमिटेड, नागरिक लगानी कोष, हाईड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेड संस्थान नेप्सेमा सुचिकृत छन् । आव २०७७/७८ मा उक्त संस्थानहरुको ५ खर्ब ७६ अर्ब २५ करोड १६ लाख रुपैयाँ बजार पुँजीकरण थियो । तर, आव २०७८/७९ मा सेयर बजार घट्दा सोही संस्थानहरुको बजार पुँजीकरण ४ खर्ब १० अर्ब २७ करोड ३३ लाख रुपैयाँमा सिमित छ ।

आव २०७८ को असार मसान्तसम्ममा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बजार पुँजीकरण १ खर्ब ९७ अर्ब १० करोड रुपैयो थियो भने २०७९ मा घटेर १ खर्ब ५८ अर्ब २० करोड २० लाख रुपैयाँ मात्रै छ । १९.७४ प्रतिशतले कमी हो । त्यसैगरी, आव २०७७/७८ मा कृषि विकास बैंक लिमिटेडको पुँजीकरण ५२ अर्ब ६४ करोड १७ लाख रुपैयाँ रहेकोमा आव २०७८/७९ मा ४३ अर्ब ६५ करोड २० लाख रुपैयाँ, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको आव २०७८७९ म ५७ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ रहेकोमा आव २०७८/७९ मा ३५ अर्ब ७२ करोड ९२ लाख रुपैयाँ, नागरिक लगानी कोषको १ खर्ब १४ अर्ब १५ करोड ५७ लाख रुपैयाँ रहेकोमा ८२ अर्ब २४ करोड ५ लाख रुपैयाँ बजार पुँजीकरण रहेको छ ।

त्यस्तै, आव २०७७/७८ मा हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ९८ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा आव २०७८/७९ मा ४७ ५२ करोड रुपैयाँ र नेपाल बैंक लिमिटेडको ५५ अर्ब ९८ करोड ८ लाख रुपैयाँ रहेकोमा आव २०७८/७९ मा ४२ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ बजार पुँजीकरण रहेको छ । ६ वटा संस्थानको बजार पुँजीकरण २०७७/७८ मा ४० खर्ब १० अर्ब ९५ करोड ७७ लाख रुपैयाँ थियो भने आव २०७८/७९ मा घटेर २८ खर्ब ६९ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ रहेको छ । बजारमा सेयर बजार घट्दा ६ वटा संस्थानको सम्पत्ति २८.४६ प्रतिशत घटेको छ ।


क्लिकमान्डु