बिजुलीको खपत घट्यो, औद्योगिक क्षेत्रमा ३०.७ प्रतिशत मात्रै खपत



काठमाडौं । चालु आर्थिक वर्षमा बिजुलीको खपत घटेको छ । आर्थिक मन्दिका कारण अधिकांश उद्योग तथा कलकाराखाना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । जसले गर्दा बिजुली खपतमा उच्च गिरावट आएको छ ।

नेपालले आर्थिक वर्ष २०७८/७९ मा प्रतिघण्टा ९ हजार ३१७ गिगावाट बिजुली खपत गरेको थियो । तर, यो वर्षको फागुनमसान्त सम्ममा ६ हजार ७ सय ८९ गिगावाट प्रतिघण्टा खपत भएको आर्थिक सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणअनुसार ग्राहस्थ उत्पादन क्षेत्रमा खपत ३ प्रतिशतले घटेको छ । गत वर्ष प्रतिघण्टा ३९.९ प्रतिशत गिगावाट खपत भएको बिजुली यो वर्ष प्रतिघण्टा ३६.६ प्रतिशत गिगावाट मात्रै खपत भएको छ ।

त्यस्तै, औद्योगिक क्षेत्रमा विद्युत खपतमा बढी गिरावट आएको छ । गत वर्ष प्रतिघण्टा ३७ प्रतिशत गिगावाट बिजुली खपत भएकोमा यो वर्ष ७ प्रतिशतले घटेर ३०.७ प्रतिशत मात्रै खपत भएको छ ।

व्यापारिक क्षेत्रमा पनि बिजुलीको खपत घटेको छ । जसमा गत वर्ष १०.८ प्रतिशत विद्युत खपत भएकोमा यो वर्ष ६.७ प्रतिशत खपत भएको छ भने अन्य क्षेत्रको खपत प्रतिघण्टा १०.१ प्रतिशत गिगावाट छ ।

तर, निर्यात भने बढेको छ । यो वर्ष निर्यात १० प्रतिशतले बढेको छ । सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा प्रतिघण्टा १५.९ प्रतिशत गिगावाट बिजुली निर्यात गरेको उल्लेख छ ।


क्लिकमान्डु