१ करोड १४ लाखले राष्ट्रिय परिचयपत्रको फर्म भर्दा १ लाख ३३ हजार मात्रले पाए



काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा संकलित विवरणहरुको तुलनामा निकै न्यून मात्रामा राष्ट्रिय परिचय पत्र वितरण गरेको छ ।

सरकारले १ करोडभन्दा धेरैको विवरण संकलन गरेकोमा १.१५ प्रतिशतलाई मात्रै राष्ट्रिय परिचय पत्र वितरण भएको हो ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणकाअनुसार सरकारले चालु आवको फागुनसम्म १ लाख ३३ हजार २५ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ ।

यो अवधिमा सरकारले १ करोड १४ लाख ६९ हजार १ सय जनाको विवरण संकलन गरेको थियो ।

तर, संकलित विवरणमध्येबाट सरकारले निकै न्युन मात्रामा राष्ट्रिय परिचय पत्र वितरण गरेको हो ।


क्लिकमान्डु