५४.५ किमि रेल ट्रयाक बेड र ७ पुल निर्माण



काठमाडौं । सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा चालु आवको फाल्गुनसम्ममा ५४.५ किमी रेल ट्रयाक बेडको निर्माण गरेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणकाअनुसार चालु आवको फागुसम्ममा ५४.५ किमि रेल ट्रयाक बेड निर्माण भएको हो । त्यस्तै, ७ रेल्वे पुलको निर्माण भएको छ ।
सो रेल खण्डमा गत आवमा ५२.५ किमि रेल ट्रयाक बेड र ५ रेल्वे पुलको निर्माण भएको थियो ।


क्लिकमान्डु