भिडियो कलमा स्क्रिन सेयरिङ फिचर राख्दै ह्वाट्सएप



काठमाडौं । ह्वाट्सएपले आफ्ना एन्ड्रोइड युजरहरुका लागि छिटै स्क्रीन सेयरिङ फिचर ल्याउने भएको छ ।

रिपोर्टकाअनुसार ह्वाट्सएपको नयाँ भर्जनका लागि हाल भिडियो सेयरिङका क्रममा प्रयोगकर्ताले स्क्रिन सेयर गर्न सक्ने विशेषता जोड् लागेको हो । यो विशेषताको सार्वजनिक भएसँगै प्रयोगकर्ताले ह्वाट्सएप भिडियो कलका क्रममा स्क्रिन सेयर गर्न सक्नेछन् ।

ह्वाट्सएपको मुल कम्पनी मेटाअन्तर्गत रहेको सामाजिक सञ्जाल फेसबुकमा यो विशेषता पहिल्यैबाट रहेको छ । अब भने कम्पनीले ह्वाटसएपमा पनि यो फिचर राख्न लागेको हो ।

रिपोर्टकाअनुसार प्रयोगकर्ताले यो नयाँ फिचर भिडियो कलका क्रममा क्यामेरा स्विच गर्ने अप्सनको नजिकै स्क्रिन सेयर गर्ने बटन पाउनेछन् । यो फिचर प्रयोगकर्ताले अनुमति दिएपछि मात्रै सक्रिय हुने पनि कम्पनीले जनाएको छ ।

पछिल्लो समय ह्वाट्सएपले धेरै फिचरहरुमा थपघढ गरिरहेको छ । हाल नयाँ भर्जनका लागि ह्वाट्सएपले प्रयोगकर्ताले आफ्नो बेग्लै र अदितिय युजरनेम राख्न सक्ने विशेषता पनि ह्वाट्सएपले थप्दै छ ।


क्लिकमान्डु