पीडितसँग उठाएको पैसा बोरामा हालेर सरकारी गाडीमा ल्याइएको थियो काठमाडौं



काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गिरोहले पीडितहरुसँग उठाएको रकम बोरामा हालेर सरकारी गाडीमा काठमाडौं ल्याएको खुलेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका एक सन्देश शर्माले नेपाल हज समितिको सचिवालयलाई उपलब्ध गराएको गाडीमा बोरामा राखेर पैसा काठमाडौं ल्याएको खुलेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा बुधबार पेस गरेको अभियोग पत्रमा सवारी चालक गौतम गिरीले २०७८ सालको जेठ चौथो हप्तातिर चितवनबाट गाडीमा पैसा भएको प्लाष्टिकको सेतो बोरा लिएर आफू काठमाडौं आएको खुलाएका छन् ।

अभियोग पत्रमा सवारी चालक गौतम गिरीले २०७८ सालको जेठ २६/२८ गतेतिर चितवनबाट बोरामा राखिएको पैसा सरकारी गाडीमा राखेर ल्याइएको बताएका हुन् ।

जतिबेला चितवनस्थित रौराहामा रहेको होटल भिजन सफारीमा ५०/६० जना मानिस उपस्थित भइ उनीहरुको बायोमेट्रिक भइरहेको थियो ।

उक्त स्थानमा अमेरिका जाने प्रकृयाको लागी अन्य मानिसहरूबाट उठाएको नगद रुपैयाँ सेतो बोरामा संकलन गरी राखेको र उक्त रकम मध्ये १ बोरा पैसा सन्देश शर्माले आफूले चलाएको बा.१ झ १५८५ नम्बरको सरकारी सेतो नम्बर प्लेट भएको निसान गाडीको पछाडी सिटमा राख्न लगाएको उनले बयानमा भनेका भनेका छन् ।

आफूले लिएर गएको बा १ झ १५८५ नम्बरको सरकारी गाडी त्यही राख्न लगाइ रामकुमार रेग्मीले सन्देश शर्माको गाडी लिएर काठमाडौं जान भनेपछि आफू शर्माको गाडी लिएर काठमाडौं आएको बयान गिरीले दिएको अभियोगपत्रमा उल्लेख गरिएको छ।


क्लिकमान्डु