१२० मिलियन डलर ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेकी सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले जापान सरकारबाट प्राप्त हुने मानव शंशाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता र विद्यालय क्षेत्र आयोजनाशिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृति गर्ने निर्णय भएको छ ।

बैठकले भन्सार महसुलसम्बन्धी नयाँ विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

सरकारले हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको उनले जानकारि दिइन् ।


क्लिकमान्डु