मागअनुसार सुनको आपूर्ति व्यवस्था मिलाउन प्रधानमन्त्रीसमक्ष सुनचाँदी व्यवसायीको माग



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायीक अधिकार स्थपित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा गएको महासंघको प्रतिनिधिमण्डलसँग भेटका क्रममा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेशा व्यवसाय गर्न आग्रह गर्दै व्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले मागअनुसार कच्चा सुनको आपूर्ति नहुँदा व्यवसाय सञ्चालनमा कठीनाइ भएको बताए ।
व्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीति नियम निर्माणगरी बजारको मागअनुसार सुनको आपूर्ति ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
त्यसक्रममा महासंघको तर्फवाट निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्षहरु मोहनकाजी शाक्य, विपिन रामुदामु र महेन्द्र शाक्यको उपस्थिति रहेको थियो । महासंघलाई यसअघि नै सरकारले उद्योग बाणिज्य प्रबर्धन संवाद समितिको सदस्यको रूपमा समावेश गरको छ ।


क्लिकमान्डु