सांसद कठायतको प्रश्न- कर्णालीका सम्पदालाई किन हेला ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले कर्णालीलाई सरकारले हेला गरेको गुनासो गरेकी छन् ।

संसदको शून्य समयमा उनले सरकारले बुझेर बुझ पचाएको हो कि नबुझेरै कर्णालीलाई बेवास्ता गरेको हो ? भन्दै उनले प्रश्न गरिन् । ‘सदन र सरकारले अब चाहिँ कर्णालीलाई बुझ्नुपर्छ, सुन्नुपर्छ,’ उनले भनिन् ।

सांसद कठायले काठमाडौंबाहिर सबैभन्दा धेरै सम्पदा स्थल र सम्पदा संख्या भए पनि सरकारले विश्व सम्पदा सूचीमा राख्न कुनै पहल नगरेको उनले बताइन् ।

‘नेपाली मौलिक संस्कृतिको उद्गमस्थल जुम्लाको सिंजा वास्तवमा गोर्खाली संस्कृतिभन्दा बृहत् छ,’ उनले भनिन्, ‘तर, संस्कृति सम्वर्धन र संग्रहालय बनाउने नीतिमा कर्णाली नसमेटिनु दु:खद छ ।’


क्लिकमान्डु