२० वर्ष पुराना सवारी साधन ३५ दिनभित्र कवाडी गर्न निर्देशन



काठमाडौं । बागमती प्रदेशले २० वर्ष पुराना सवारी साधन ३५ दिनभित्र कवाडी गर्न निर्देशन दिएको छ ।

बागमती प्रदेशले सूचना जारी गर्दै विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य सवारी साधनको हकमा २० वर्ष नाघेका सार्वजनिक सवारी साधनलाई ३५ दिनभित्र पत्रु गर्न निर्देशन दिएको हो ।

‘बागमती प्रदेश सरकारले प्रदेशभित्रको सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनको लागि जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ ( ४ ) मा सुरु दर्ता भएको मितिले विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य सवारी साधनको हकमा २० वर्ष नाघेका सार्वजनिक सवारी साधनलाई पत्रु गर्नुपर्ने व्यवस्था छ,’ जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, बागमती प्रदेशले आफ्नो सवारी साधनको हालसम्म तिर्नु बुझाउनुपर्ने राजस्व बुझाई सवारी साधन पत्रु गर्न आग्रह गरेको छ ।


क्लिकमान्डु