बझाङमा हिमपहिरोमा परी ३ बेपत्ता



बझाङ । बझाङमा हिमपहिरोमा परी ३ जना बेपत्ता भएका छन् । हिमपहिरोमा परेका दुई जना घाइते भएका छन् ।

आइतबार बिहान सुर्मा गाउँपालिकाको धानशेरामा हिमपहिरो गएको स्थानीयले बताएका छन् ।

स्थानीयले खबर गर्नासाथ नेपाल प्रहरी र सशस्त्र प्रही पठाइए पनि दुर्घटना स्थल टाढा भएकाले अहिलेसम्म पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको हो । हिमपहिरोमा पर्नेहरुको परिचय खुलेको छैन ।

उनीहरु यार्सागुम्बा संकलन गर्न धानशेरा गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


क्लिकमान्डु